सेयरबजारमा सामान्य गिरावट आएको छ। नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा रोकिएको हो।
यस दिन ३ अर्ब रकमको पनि सेयर कारोबार हुन सकेन। नेपाल स्टक एक्सचेन्जका अनुसार ५८ लाख २८ हजार कित्ता किनबेचपछि २ अर्ब ४५ करोडको मात्र कारोबार भएको छ।
यो कारोबारमा ११९ वटा सेयरको मूल्य ८.४२ प्रतिशतसम्मले बढ्दा १३२ वटा सेयर अधिकतम ५.२६ प्रतिशतसम्मले घटेका छन्। यस दिन १८ वटाको मूल्य स्थिर छ।
नेप्सेका अनुसार फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार समूह राताम्य रहे पनि बाँकी हरियो छन्।
3
Shares

प्रतिक्रिया