कारोबार


३८ अंकले बढेर बन्द भयो बजार, साढे ४ अर्ब नाघ्यो सेयर किनबेच

३८ अंकले बढेर बन्द भयो बजार, साढे ४ अर्ब नाघ्यो सेयर किनबेच

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १५:९, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा ३८.१९ अंकको सुधार देखिएको छ। नेप्से उक्त अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको हो। 

यस दिन कारोबारमा समेत सुधार देखिएको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको हो। कुल १ करोड ४ लाख कित्ता खरिदबिक्रीपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन ४ वटा सेयर स्थिर हुँदा १८ वटाको मूल्य घटेको र २४७ वटाको बढेको नेप्सेले जनाएको छ। बढेकामा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त १४.१९ प्रतिशतले बढ्दा कुमारी धनवृद्धि योजना ११.३७ प्रतिशतले उकालो लागेको छ। अन्य सेयरहरु अधिकतम ८.४३ प्रतिशतसम्मले बढेका छन्। 

 आजको कारोबारमा २.८७ प्रतिशतसम्म मात्र सेयरहरुको मूल्य गिरावट देखिएको छ। कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। उक्त कम्पनीको. २१ करोडको कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रो १७ करोड, एसवाई प्यानल १६ करोड, रिडी पावर १५ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad