सेयरबजार १७ अंकले घटेर २७८७.१५ विन्दुमा रोकिएको छ। ०.६० प्रतिशतले नेप्से घटेको हो।
यस दिन ५ अर्ब ९ करोडको कुल सेयर कारोबार भएको छ। कुल १ करोड १३ लाख कित्ता खरिदबिक्रीमा उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार ४६ वटा सेयरको मूल्य बढ्दा २१६ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेकामध्ये पाल्पा सिमेन्ट सबैभन्दा बढी १४.९९ प्रतिशतले, शिखर पावर डेभलपमेन्ट १४.९९ प्रतिशतले उकालो लागेका छन्। कर्पोरेट डेभलपमेन्ट पनि ९.२४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
तर सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर भने आज ११.७९ प्रतिशतले घटेको छ। यस दिन सुपर खुदी, रिलायन्स स्पिनिङलगायत भने अधिकतम ८.४० प्रतिशतसम्म घटेका छन्।
बजारमा बिहीबार रिलायन्स स्पिनिङ मिल्सको ३० करोड, सोलु हाइड्रो र आखुखोला जलविद्युत् कम्पनी समान २६ करोड र होटल फरेस्ट इनको २२ करोडको कारोबार भएको छ।
बिहीबार उत्पादन तथा प्रशोधन, सामूहिक लगानी र व्यापार सूचक बढेका छन्।
Shares

प्रतिक्रिया