कारोबार


३३ अंकले बढ्यो सेयरबजार, साढे १० अर्बको कारोबार

३३ अंकले बढ्यो सेयरबजार, साढे १० अर्बको कारोबार

नेपालखबर
बैशाख २, २०८३ बुधबार १५:१९, काठमाडौँ

सेयरबजार बुधबार ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक १.१७ प्रतिशतले बढेको दिन १० अर्ब ५३ करोडको सेयर कारोबार भएको छ। 

कुल २ करोड ६४ लाख कित्ता किनबेचपछि यो परिमाणको कारोबार भएको हो। 

बुधबार २ सय २१ वटा सेयरको मूल्य बढ्दा ४५ वटाको घटेको र ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यीमध्ये ५ वटा सेयर १० प्रतिशतले बढेका छन्। रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टले सर्किट ब्रेक गरेका हुन्। 

यस दिन रिलायन्स स्पिनिङ मिल्सको भने ५.६१ प्रतिशतले घटेको छ। रिलायन्सको मूल्य ४ हजार ५ सय ३० रुपैयाँ प्रतिकित्ता छ। त्यसैगरी उपकार लघुवित्तको पनि ४.४१ प्रतिशतले घटेर ३ हजार १४४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ। बाँकी सेयरहरु भने अधिकतम २.७७ प्रतिशतसम्म ओर्लिएका छन्। 

नेप्सेका अनुसार बुधबार शिवम् सिमेन्टको ५८ करोड, नेशनल हाइड्रोपावरको ५७ करोड, रिलायन्सको ४९ करोड, सोलु हाइड्रोको ४१ करोड र रिडी पावरको ३७ करोडको कारोबार भएको छ। 

यस दिन सबै समूह बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad