कारोबार


सुलभ–दीपकको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, हिमालयन रिबाट पनि कागजात नियन्त्रणमा

सुलभ–दीपकको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, हिमालयन रिबाट पनि कागजात नियन्त्रणमा

नेपालखबर
बैशाख २, २०८३ बुधबार १२:३४, काठमाडौँ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीहरू सुलभ अग्रवाल र दीपक भट्टको घरमा तथा हिमालयन रिइन्स्योरेन्सको मुख्य कार्यालयमा छापा मारेको छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा डकुमेन्ट लिन तीन स्थानमा पुगेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले नेपालखबरलाई जानकारी दिए। 

उनीहरु दुवै जना विभागको नियन्त्रणमा छन्। भट्टको सानेपास्थित निवास किरणभवनमा विभागको टोली पुगेको थियो। ठाकुरका अनुसार उनीहरुसँग सम्बन्धित डकुमेन्ट लिन सोमबार विभागले सुलभ र दीपकको घर तथा हिमालयन रिको केन्द्रीय कार्यालयमा छापा मारेको हो। 

छापा मार्ने क्रममा विभागले अनुसन्धानसम्बन्धी डकुमेन्ट, मोबाइल, सीपीयूलगायत जफत गरेको छ। विभागको टोलीले भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते  पक्राउ गरेको थियो। उनीहरूविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

 इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको विभागले जनाएको छ। 

अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad