राजनीति


गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

नेपालखबर
बैशाख २, २०८३ बुधबार १२:३५, पोखरा

गण्डकी प्रदेश सरकारका नवनियुत्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेस र नेकपा (एमाले)का हुन्। गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार रहेको छ। 

नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्। 

त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad