नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
अधिक तरलताको व्यवस्थापन गर्न ५६ दिनका लागि ४० अर्ब खिच्न लागिएको हो।
अनलाइन बिडिङ प्रणालीबाट राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्नलागेको हो। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने केन्द्रीय बैंकले जनाएको छ। यसको सावाँ र ब्याज भुक्तानी जेठ २७ गते हुनेछ। बैंक तथा वित्तले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्।
9
Shares

प्रतिक्रिया