गएका दुई दिन लगातार बढेको सुनचाँदीकै मूल्य आज घटेको छ।
सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेर दुई लाख ९६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा दुईसय रुपैयाँ बढेर २ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो।
गएको शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको थियो।
त्यसैगरि आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ९७५ रुपैयाँ थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया