कारोबार


मनाङ मर्स्याङ्दी जलविद्युतको काममा तीव्रता, एक वर्षमा ४३ प्रतिशत प्रगति

मनाङ मर्स्याङ्दी जलविद्युतको काममा तीव्रता, एक वर्षमा ४३ प्रतिशत प्रगति

नवीन लामिछाने
चैत २९, २०८२ आइतबार १६:२१, काठमाडौँ

हिमाली जिल्ला मनाङमा निर्माणाधीन १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ। चामे गाउँपालिका–३ मा निर्माणाधीन यस आयोजनाको मुख्य संरचनामध्येको ड्यामको काम अहिले तीव्र रूपमा अघि बढिरहेको छ।

निर्माण सुरु भएको एक वर्षको अवधिमै आयोजनाले ४३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ कम्पनीले ठेक्का लिएको यस आयोजनाको पछिल्लो प्रगतिले तोकिएकै समयमा बिजुली उत्पादन हुने संकेत गरेको छ। यो आयोजनाका लगानीकर्ता बुटवल पावर कम्पनी र चिनियाँ साझेदारहरू रहेका छन्। 'पिकिङ रन अफ रिभर' प्रकृतिको आयोजनामा करिब ३३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

मर्स्याङ्दी नदीको माथिल्लो तटीय क्षेत्रमा रहेका आयोजनाहरूमध्ये यसलाई उच्च प्राविधिक प्राथमिकतामा राखिएको छ। निर्माण कम्पनीको कार्यशैली र जनशक्तिका कारण विकट हिमाली क्षेत्रमा पनि कामको रफ्तार उत्साहजनक देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad