शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। सम्पत्ति शुद्धीकरण विभागले आइतबार अग्रवाललाई छोडेको हो।
बयानको काम सकिएसँगै अग्रवाललाई छोडिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए।
‘बयानका लागि बोलाएका थियौँ। उहाँसँग बुझ्नका लागि बोलाएका थियौँ। छोराको गल्तीमा बुवालाई थुन्नु भएन। शुक्रबार उहाँ ढिलो आउनुभएको थियो। बयान नसकिँदा शनिबार विदा परेकाले आज छोडिएको हो’, ठाकुरले भने।
विभागले छोरा सुलभ अग्रवालको विषयमा बुझ्न शंकर अग्रवालसँग बयान लिन हिरासतमा लिएको जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया