कारोबार


पर्यटन पुनरुत्थानलाई आगामी आवमा विशेष प्राथमिकता

पर्यटन पुनरुत्थानलाई आगामी आवमा विशेष प्राथमिकता

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १२:२७,

आगामी वर्ष पर्यटन क्षेत्रको पुनरुथानमा सरकारले विशेष जोड दिने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन्।

यही नीति तथा कार्यक्रमको आधारमा जेठ १५ मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्।

आज प्रस्तुत नीति तथा कार्यक्रममा हिमालको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने, ताल तथा वनस्पति उद्यानको विकास गर्दै पर्या पर्यटनको विकास गरिने उल्लेख छ।

निजगढ विमानस्थल निर्माण कार्य सुरु गरिनेछ। पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिनेछ। गौतम बुद्ध भैरहवा विमानस्थल सञ्चालनमा ल्याइनेछ। त्रिभुवन विमानस्थल धावन निर्माण गरिएको र आगामी वर्ष पूर्ण रुपमा बुटिक हुने कार्यक्रममा बताइएको छ।

नेपालका आन्तरिक ८ वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिने, पहाडी क्षेत्रमा हिल स्टेसन निर्माण गरी होटल निर्माण गर्न प्रोत्साहन गरिने भएको छ।

हवाइ उड्डयन क्षेत्रमा नियामक र सेवा क्षेत्र छुट्टा छुट्टै कार्यान्वयनमा ल्याइनेछ। लुम्बिनी अवधारणा कार्यान्वयमा ल्याइनेछ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने कार्यक्रमा उल्लेख छ।

सरकारले गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने दाबी गरेको थियो। तर अझै निर्माण कार्य सम्पन्न भएको छैन।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइने बताउँदै मौलिक परम्परा र संस्कृति झल्किने गरी यो विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिने बताएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad