समाज


अब काठमाडौंमा निलो रङको सवारी पास, पैदल यात्रुलाई पनि प्रवेश निषेध

अब काठमाडौंमा निलो रङको सवारी पास, पैदल यात्रुलाई पनि प्रवेश निषेध

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १२:३६,

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघिका सबै पास खारेज गर्दै नयाँ पास जारी गर्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यसअघिका ई–पास र पहेंलो रङका पास खारेज गरिएको र अब जारी गरिने पास निलो रङको हुने बताएको छ।

 जिल्ला प्रशासनले गरेको नयाँ व्यवस्थाअनुसार अब काठमाडौँमा निर्माण सामग्री बोकेका सवारी साधन राति ८ बजेपछि बिहान ६ बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन्।

त्यस्तै प्रशासनले अत्यावश्यक सेवाका एम्वुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालबस्तु बोकेका सवारीलाई पास आवश्यक नपर्ने बताएको छ।

यस्तै पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षिजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रहरु बोकेका सवारीसाधनहरु पासबिनै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ।

अत्यावश्यक बाहेकका सवारी र पैदलयात्रुसमेत पासबिना काठमाडौं प्रवेश गर्न पाउने छैनन्। काठमाडौं मूलसकडदेखि भित्री सडक तथा गल्लीहरुमा कुनै पनि बहानामा भिडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ। यसरी भिड गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्ने बताइएको छ।

सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आफ्नो नियामक निकायमा सम्पर्क गर्न र नियामक निकाय नतोकिएकाले मात्रै जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad