राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा ठूला पूवार्धारका आयोजनामा मात्रै विदेशी लगानी आकर्षण गरिने बताएकी छन्।
राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ठूला पूवार्धारका आयोजनामा मात्रै विदेशी लगानी आकर्षण गरिने बताएकी हुन्।
सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वलाई सार्वजनिक खर्चको प्रमुख स्रोत बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
आवश्यकता अनुसार आयोजनाको पुन संचारना र पुन: प्राथमिकीकरण गरिने र सरकारले बनाएको पञ्य वर्षीय योजनालाई परिर्माजन गरिने संकेत नीति तथा कार्यक्रममा गरिएको छ।
त्यस्तै फजुल र अनुत्पादनशील खर्च हटाइने र चालू खर्चमा मितव्ययिता अपनाइने भएको छ।
नेपाल सरकारबाट राष्ट्रिय स्तरमा सञ्चालित कार्यक्रमहरु डुब्लिकेसन नहुने गरी स्थानीय तह र प्रदेश सरकारको कार्यक्रम संचालन गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै सरकारले सबैखाले जमिनलाई खेर जान नदिन सघन खेती कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। जमिनलाई खाली हुन नदिने कृषि उत्पादनकाे विकासका लागि सरकारकाले रासायनिक मल र सिंचाइ क्षेत्रको व्यवस्था, धान, गहुँलागयतका मुख्य बालिको बिउको व्यवस्था गर्ने भएको छ।
आगामी आवमा कृषि क्षेत्रमा थप आधुनिकीकरण, यन्त्रीकरण र विशिष्टीकरण गरी उत्पादन वृद्धिमा जोड दिने सरकाकाे नीति रहेका छ।
‘स्वदेशी वस्तुको उपभोग गरौँ, आन्तरिक उत्पादन प्रवद्र्धन गरौँ’ भन्ने अभियानलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको छ भने प्रशोधित खाद्यबस्तु निर्यात गर्ने नीति लिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रमुख कृषि कार्यक्रम बनाई देशभर विस्तार गरिने भएको छ। उत्पादकत्व अभिवृद्धि गर्दै एक स्थानमा एउटै बालीको उत्पादन गरी कृषि उपज बढाइनेछ राष्ट्रपति भण्डारीले बताइन्।
सरकारले दिने सहुलियत र प्राविधिक सेवा दिन हरेक स्थानीय तहबाट सूचीकरणको थालनी गरिने, हाइब्रिड जातका बालीवस्तु विकास गर्न ध्यान दिने सरकारले नीति लिएको छ।
त्यस्तै स्थानीय मौलिक खाद्यान्न, फलफूल, मत्स्यपालनको उत्पादकत्व, बहुप्रयोगबारे अनुसन्धान गरिनेछ।
त्यस्तै बैदेशिक रोजगारबाट फर्केका र अर्ध बेरोजगारलाई कृषिमा जोड्ने नीति सरकारले लिएको छ। वास्तविक कृषकलाई अनुदान उपलब्ध गराइने र अनुदानित बीउ र मल समयमा नै मिलाउने भएको छ।
भूमि बैंकको व्यवस्था गरिने र चक्ला बन्दी खेतीलाई प्रोत्साहन गरिने नीति सरकारले लिएको राष्ट्रपति भण्डारीले बताइन्।
Shares

प्रतिक्रिया