नेपाल वायुसेवा निगमले टिकट काटेर पनि तीनवटा गन्तव्यमा उड्न नपाएका यात्रुलाई पूरै पैसा फिर्ताका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ।
बुधबार सर्कुलर जारी गर्दै निगमले जहाँबाट टिकट खरिद गरेको हो, त्यहीँ सम्पर्क गर्न र बिक्रेता एजेन्सीलाई यसमा सहजीकरण गर्न अनुरोध गरेको हो।
इरान द्वन्द्वको चपेटामा परेका दोहा, दुबई र दमाम जान टिकट खरिद गरेका यात्रुले पूरै पैसा फिर्ता पाउनेछन्। निगमका अनुसार सबै टिकेटिङ संस्था र अनलाइन पोर्टलहरुलाई यात्रुलाई सहजीकरण गर्न भनिएको छ।
333
Shares

प्रतिक्रिया