सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।
न्यायाधीश विनोद शर्माको इजलासले सोमबार उनको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै विशेष अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्।
सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि ७३ नं निवेदन लिएर भट्ट सर्वोच्च पुगेका थिए। थुनामा पठाउने विशेष अदालतको बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दा लड्न दिनु पर्ने उनको माग छ।
यस्तै भट्टले बैंकिङ कसुरको आदेश पनि बदर गर्न माग गरेका छन्। उक्त आदेशका विषयमा पनि सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण विभागले भट्टराई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
विभाग र सीआईबीले समेत गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र सम्बन्धी कसुर र बिमा सम्बन्धी कसुरमा सजाय माग गरिएको छ। अन्य मुद्दामा धरौटीमा रिहा गर्न आदेश भएपनि सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा पठाउन आदेश भएकाले भट्ट हाल कारागारमा छन्।
Shares

प्रतिक्रिया