संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ।
संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ।
नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालनका सन्दर्भमा आज सर्वदलीय बैठक राख्न लागिएको हो।
गत फागुन २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक यही चैत १९ गते दिउँसो २ बजे बस्दै छ।
आज बस्ने सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारी सहभागी हुनेछन्।
यसपटक प्रतिनिधि सभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ।
यसपछि ३८ सिटसहित कांग्रेस दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दल बनेका छन्।
यस्तै ७ सांसदका साथ भएको श्रम संस्कृति पार्टी पाँचौँ तथा ५ सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मा छैटौँ दल बनेका छन्।
यस्तै स्वतन्त्र रूपमा निर्वाचित महावीर पुनले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन्।
Shares

प्रतिक्रिया