कारोबार


जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सरकारले सहुलियत प्याकेज दिने

जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सरकारले सहुलियत प्याकेज दिने

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८२ आइतबार ११:५०, काठमाडौँ

जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सरकारले सहुलियत प्याकेज दिने भएको छ। 

जेनजी आन्दोलन तथा सार्वजनिक प्रदर्शनका कारण निजी क्षेत्रको लगानी वातावरण र रोजगारीमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सुरक्षित, स्थिर र विश्वसनीय व्यावसायिक वातावरण सुनिश्चित गर्ने उद्देश्यले सरकारले यसबारे ५ वटा काम गर्ने भएको हो।  

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको शासकीय सुधारका सय कार्यसूचीमा जेनजी आन्दोलनले प्रभावित निजी क्षेत्रलाई सम्बोधन गरिएको छ।

यी हुन् निजी क्षेत्रको लागि सरकारले गर्नलागेका ५ काम
क) निजी क्षेत्र, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि “प्राइभेट सेक्टर प्रोटेक्सन स्टाट्रेजी’ बनाई तत्काल लागू गर्ने।

ख) उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कता कायम गर्न तथा विशेष सुरक्षा प्रबन्ध गर्ने।

ग) प्रदर्शनका कारण अवरोध भएका व्यवसाय सञ्चालन तथा पुनःसञ्चालनको लागि प्राथमिकताका साथ प्रशासनिक सहजीकरण गर्ने।

घ) व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी आवश्यक राहत, पुनस्र्थापना तथा सहुलियत प्याकेज (जस्तैः कर छुट, ब्याज सहुलियत, ऋण पुनर्संरचना) तयार गर्ने।

ङ) निजी क्षेत्रसँग निरन्तर संवाद तथा समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग–वाणिज्य संवाद परिषद्लाई सक्रिय गराउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad