कारोबार


कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

नेपालखबर
चैत १२, २०८२ बिहिबार २२:४, काठमाडौँ

कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड  सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ।

काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड  जारी गर्न सुरु गरेको जानकारी गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिँदै मास्टरकार्ड  जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।

यसैगरि कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टरकार्ड  को महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारि दिदै यस डेबिट मास्टरकार्ड ले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन्।

साथै, पत्रकारहरूको अन्य जिज्ञासालाई सम्बोधन गर्दै बैंकले जारी गरेको डेबिट मास्टरकार्ड  नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड –स्वीकार गर्ने एटीएम तथा पीओएस मा प्रयोग गर्न सकिने, मास्टरकार्ड  को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्ड  मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरु प्रष्ट पारेका थिए।

उनका अनुसार, बैंकले गत वर्षदेखिनै आफ्ना एटीएमहरुमा मास्टरकार्ड  स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वस बैंकले लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad