कारोबार


फ्लोरा एक्स्पोमा सवा एक करोडको कारोबार

फ्लोरा एक्स्पोमा सवा एक करोडको कारोबार

नेपालखबर
चैत ९, २०८२ सोमबार १४:२१, काठमाडौँ

पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा एक करोड २२ लाख बराबरको कारोबार भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा यही चैत ५ गतेदेखि सुरु मेलामा आइतबारसम्ममा कुल ६० हजार ७०० जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार बराबरको कारोबार भएको थियो। दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता २९ लाख ५० हजार कारोबार भएको थियो।

मेलाको तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार बराबरको कारोबार भएको थियो। अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दा ३१ लाख ८० हजार कारोबार भएको जनाइएको छ। 

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित मेला आयोजना गरिएको थियो। 

हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ।

पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा चालु आवमा आयात ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad