दक्षिण कोरियाले ‘रुट इन्डस्ट्री’ अन्तर्गत वेल्डिङ क्षेत्रका लागि नेपाली कामदार लैजाने प्रक्रिया सुरु गरेको छ। इच्छुक युवाहरूले भोलि (मंगलबार) देखि चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
इपीएस कोरिया शाखाका अनुसार आवेदन दिने उम्मेदवारहरूले बुटवलस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा अनिवार्य २४० घण्टाको तालिम लिनुपर्नेछ।
तालिम र भाषा परीक्षाको मोडालिटी
प्रशिक्षार्थीहरूले १२० घण्टा वेल्डिङसम्बन्धी प्राविधिक सीप र १२० घण्टा कोरियन भाषा सिक्नुपर्ने प्रावधान राखिएको छ।
भाषा तालिम: ७५ घण्टा अनिवार्य भौतिक कक्षा र बाँकी ४५ घण्टा पूर्व-अभिमुखीकरणका क्रममा पूरा गर्नुपर्नेछ।
लागत: तालिमको सम्पूर्ण खर्च प्रशिक्षार्थी आफैँले व्यहोर्नुपर्नेछ।
आवाससहित: ८८ हजार रुपैयाँ
कसरी हुन्छ छनोट?
योग्यता के चाहिन्छ?
शिक्षा: कक्षा १२ उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको।
कानुनी अवस्था: कुनै पनि देशमा रोजगारीका लागि जान कानुनी अवरोध नभएको।
Shares

प्रतिक्रिया