आज सुनचाँदीकै मूल्य बढेको छ।
तोलामा ३५ सय बढेर सुनको भाउ आज तीन लाख १६ हजार नौसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा ४२ सय रुपैयाँ घटेर तीन लाख १३ हजार चारसयमा झरेको थियो।
गएको बुधबार पनि सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको थियो। दुई दिनमा १५ हजार दुईसय रुपैयाँ घटेको सुनको भाउ आज बढेको हो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ।
मूल्य बढेर आज चाँदीको भाउ तोलाको पाँच हजार ४ सय ७५ रुपेयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया