राजनीति


१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

नेपालखबर
फागुन २४, २०८२ आइतबार ११:९, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा अहिलेसम्म १३२ सिटको नतिजा घोषणा गरिएको छ। 

जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०४ क्षेत्रमा विजय हासिल गरेको छ। 

आज बिहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने ३ स्थानमा अगाडि छ।

यस्तै हालसम्म नेकपा एमालेले ७ स्थानमा विजयी हुँदै तीन क्षेत्रमा अगाडि भइरहेको छ।

आयोगको विवरणअनुसार अहिलेसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४ उम्मेदवार विजयी भएका छन् भने ३ स्थानमा अग्रता लिइरहेका छन्।

यस्तै श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी भएका छन् भने २ जना अग्रस्थानमा छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन्।

समानुपातिकतर्फ

समानुपातिक प्रणालीतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगका अनुसार अहिलेसम्म सबैभन्दा बढी रास्वपाले १३ लाख ८८ हजार ४२१ समानुपातिक मत प्राप्त गरेको छ। 

यसपछि नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५, नेकपा एमालेले ३ लाख ८० हजार ९३२ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख ८२ हजार ८३४ समानुपातिक भोट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad