इरानले हर्मुज घाँटीबाट तेल ट्यांकरहरुलाई आवतजावत नगर्न चेतावनी दिएपछि मंगलबार थप मूल्य वृद्धि भएको छ।
इरानी अधिकारीहरुले ‘स्ट्रेट अफ हर्मुज’मा आउने तेल ट्यांकरविरुद्ध आक्रमण गर्ने चेतावनी दिएका हुन्।
योसँगै एसियामा ब्रेन्ट क्रुड ३.२ प्रतिशतले बढेर ८० डलर प्रत्रिब्यारेल पुगेको छ। अमेरिकी कच्चा तेल पनि २.६ प्रतिशतले बढेको छ।
सोमबार तेल र ग्यासको मूल्य बढ्नथालेको थियो। अमेरिकाले बढ्दो मूल्यवृद्धिको सामना गर्न योजना घोषणाको तयारी गरेको छ।
मंगलबार एसियाली सेयरबजार पनि घटेका छन्। इजरायल र अमेरिकाको इरानविरुद्धको आक्रमणसँगै सेयरबजार घट्नथालेको छ भने तेल र सुनको मूल्य बढ्नथालेको छ।
132
Shares

प्रतिक्रिया