कञ्चनपुरको पूर्व-पश्चिम राजमार्गमा फेला परेको शंकास्पद झोलाभित्र लत्ताकपडा तथा पेयपदार्थ लगायत सामान पाइएको छ।
कृष्णपुर नगरपालिका-२ वाणीस्थित राजमार्गमा मंगलबार २ वटा झोला शंकास्पद अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार जाँचका क्रममा झोलाभित्र लत्ताकपडा तथा पेयपदार्थ लगायत सामान भेटिएका छन्।
शंकास्पद वस्तु फेला परेको खबरपछि डीएसपी शाहीसहित सशस्त्र प्रहरी, नेपाल सेनाको टोली परिचालन गरिएको थियो।
रार्जमागमा आफूले झोला राखेको बताउने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई केरकार गर्दा कतैबाट झोला उठाएर सडकमा राखेको बताएका छन्।
51
Shares

प्रतिक्रिया