नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकहरुसँग स्पष्टीकरण सोधेको छ।
राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सदस्यहरु युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत, निसार अहमद दर्जीलाई सार्वजनिक रुपमा सूचना जारी गर्दै स्पष्टीकरण सोधेको हो।
बैंकले पदबाट बर्खास्त गर्नु नपर्ने कुनै कारण भए आफ्नो सफाइ तथा स्पष्टीकरण १५ दिनभित्र बैंकसमक्ष प्रस्तुत गर्न पत्राचार गरेको थियो। तर सो अवधिमा कुनै पनि सफाइ पेस नभएको जनाउँदै थप १० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
54
Shares

प्रतिक्रिया