राजनीति


अब एउटा बाटो रोज्नुपर्ने बेला आएको छ: ओली (भिडिओ)

अब एउटा बाटो रोज्नुपर्ने बेला आएको छ: ओली (भिडिओ)

नेपालखबर
फागुन १७, २०८२ आइतबार १२:५९, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अब मतदाताले एउटा बाटो रोज्नुपर्ने बेला भएको बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै उनले मतदाताले अब देश बनाउने बाटो रोज्ने कि भत्काउने भन्नेमा स्पष्ट हुनुपर्ने बेला आएको बताएका हुन्। 

‘एउटा निर्वाचित सरकारलाई अपदस्त गराउन र गराएर देशमा विध्वंश मच्चाइयो। र, भएको प्रतिनिधिसभा विघटन गरियो,’ भिडिओ सन्देशको सुरुमै ओलीले भनेका छन्, ‘आज फेरि त्यही प्रतिनिधिसभाका लागि चुनाव गराइँदैछ। हामी त्यसको सम्मुखमा छौँ।’

उनले मतदान गर्नुअघि ठन्डा दिमागले सोच्न पनि मतदातालाई आग्रह गरेका छन्। ‘आज तपाईँले ठन्डा दिमागले एउटा प्रश्नको जबाफ दिनुपर्नेछ। यो देश हामीले बचाउने कि नबचाउने? यो सोध्न मिल्ने प्रश्न होइन, तर सोध्नै पर्ने भएको छ। आज तपाईँले एउटा बाटो रोज्नुपर्ने छ, बनाउने बाटो कि भत्काउने बाटो। निर्माण कि ध्वंशको बाटो,’ ओलीले भनेका छन्, ‘मलाई थाहा छ थुप्रै भ्रमहरु फैलाइएका छन्। तशर्थ, तपाईँसँग मप्रति गुनाशा छन्। प्रश्न पनि छन्। मेरा कमिकमजोरी पनि होलान्, तर तपाईँलाई यो पनि थाहा छ, मैले यो देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौला गरेको छैन। र, गर्दिन पनि।’

ओलीले अब स्ष्ट कित्ता काट गर्नुपर्ने बेला आएको बताएका छन्। ‘तपाईँ राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?’ प्रश्न गर्दै ओलीले भनेका छन्, ‘यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नु भएन र त्यसको लागि बोल्नु भएन भने इतिहासको लागि होइन, तपाईँ आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन।’

इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले नदेख्ने भन्दै उनले ‘तर जिग्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपथ्र्यो कि पर्दैनथ्यो? मैले त्यतिबेला आँखा र कान खोल्नु पथ्र्यो कि पर्दैनथ्यो? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनु पथ्र्यो कि पर्दैनथ्यो? भनेर आफैँलाई सोध्दा त्यसको जबाफ दिने नैतिक साहस तपाईँसँग बाँकी रहोस्। मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्म सन्तुष्टि तपाईँमा रहिरहोस्,’ भनेका छन्। 

उनले यसै पनि आफ्नो त बाँच्ने दिन बाँचिसकेका दिन भन्दा पुग्ने बताएका छन्। ‘तर म बाँच्ने दिन बाँचिसकेका दिन भन्दा बढी भएकाहरुका लागि लड्दै छु। त्यसैले मैले देश पहिला भन्दै आएको छु,’ उनले भनेका छन्, ‘अब तपाईंँले पनि देश पहिला भन्ने दिन आएको छ।’

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad