आज फेरि सुनचाँदीकै मूल्यमा उच्च वृद्धि भएको छ।
सुनको मूल्य आज तोलामा ४३ सय बढेको छ भने चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुनको भाउ तोलाको तीन लाख चार हजार सातसय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर तीन लाख चारसयमा झरेको थियो।
गएको सोमबारदेखि बुधबारसम्म सुनको भाउ लगातार घट्दै आएको थियो।
गएको मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा तीन हजार रुपैयाँ घटेको थियो।
गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको थियो। आइतबारपछि आज फेरि सुनको भाउ बढेको हो।
गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य तोलामा १८० रुपैयाँ बढेर पाँच हजार ६० पुगेको छ। हिजो सुनको भाउ तोलाको चार हजार आठसय ८० रुपैयाँ थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया