आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस- अन्य नेताहरूले औपचारिक शुभकामना दिइरहेका बेला नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले भने गम्भीर प्रश्न उठाएका छन्।
पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत देश चुनावमय भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले अन्योल सिर्जना गरेको दाबी गरेका हुन्।
‘प्रजातन्त्र दिवसको- शुभकामना। तर के मिलेन? स्थिर रहेन। परिवर्तन गर्ने, संस्थागत गर्न नसक्ने दीर्घ रोगले छोडेन। प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्ने तर जडताको सिकार बन्यो किन’, बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश चुनावमय छ तर पूर्वराजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के? न चुनाव न पुनस्थापना? अन्योल हटाऊ।’
बुधबार मात्र पूर्वराजा शाहले राष्ट्रिय सहमति गरेर मात्र चुनाव गरिनुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर निर्वाचनमा जान लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

Shares

प्रतिक्रिया