सोमबार सेयरबजार घटेर बन्द भएको छ।
यो दिन नेप्से ८.१६ अंकले घटेर २६६२.९१ अंकमा बन्द भएको हो।
सूचक घटेर राताम्मे बनेको बजारमा लगानीकर्ताले कुल ७ अर्ब ९४ करोड बराबरको सेयर किनबेच गरेका हुन्।
कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारले दिनभर टेवा पाउन नसक्दा राताम्मे भएरै बन्द भएको हो।
यो दिन वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै समूहको सूचक घट्दा १६३ कम्पनीको सेयरमूल्य घट्न पुगेको छ।
कुल कारोबारमा आएका ३३५ कम्पनीमध्ये १६३ को कम्पनीको मूल्य घट्दा ८६ को बढेको छ। यस्तै बढ्नेमा आज बुद्धभूमि नेपाल हाइड्रो, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक अगाडि छन्।
यी तीनवटै कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा खानीखोला हाइड्रोको मूल्य सर्किट लेबलमै घट्न पुगेको छ।
24
Shares

प्रतिक्रिया