कारोबार


२ दिनमा १८ हजार १ सय बढेको सुनको मूल्यमा आज फेरि उच्च गिरावट, चाँदीक भाउ तोलामै ६२० रुपैयाँ घट्यो

२ दिनमा १८ हजार १ सय बढेको सुनको मूल्यमा आज फेरि उच्च गिरावट, चाँदीक भाउ तोलामै ६२० रुपैयाँ घट्यो

नेपालखबर
माघ २२, २०८२ बिहिबार ११:५३, काठमाडौँ

दुई दिनमा १८ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि उच्चदरमा घटेको छ। 

सुनको मूल्य आज तोलामा नौ हजार पाँचसय रुपैयाँ घटेर दुई लाख ९५ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तीन दिनमा ५२ हजार सातसय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार र बुधबार गरेर १८ हजार एकसय रुपैयाँ बढेको थियो।  

तोलामा १४ हजार चारसय रुपैयाँ मूल्य बढेर हिजो सुनको भाउ तीन लाख चार हजार सातसय रुपैयाँ पुगेको थियो। मंगलबार सुनको भाउ तोलामा ३७ सय बढेको थियो। 

गएको शुक्रबार, आइतरबार र सोमबार सुनको मूल्य लगातार घटेको थियो। 

सुनको मूल्य सोमबार प्रतितोला १३ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो। 

अघिल्लो साताको बिहीबार तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको शुक्रबार सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ घटेको थियो भने आइतबार पनि १८ हजार ८ सय रुपैयाँ घटेको थियो। 

आज चाँदीको मूल्य पनि व्यापक मात्रामा घटेको छ। 

प्रतितोला ६२० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार ९८० रुपैयाँमा झरेको छ।  हिजो दुईसय ६५ रुपैयाँ बढेर चाँदीको मूल्य तोलाको पाँच हजार ६ सय रुपैयाँ पुगेको थियो। 

गएको आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गत साताको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad