कारोबार


सुनको भाउले आज पनि कायम गर्‍यो हालसम्मकै महँगो मूल्यको कीर्तिमान

एक सातामै सुनको भाउ तोलामा ३७ हजार बढ्यो
सुनको भाउले आज पनि कायम गर्‍यो हालसम्मकै महँगो मूल्यको कीर्तिमान

नेपालखबर
माघ १४, २०८२ बुधबार ११:१८, काठमाडौँ

हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज पनि उच्चदरमा बढेको छ। 

प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाकै तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो भाउ अहिलेसम्मकै सबैभन्दा महँगो हो। एक सातामै सुनको भाउ तोलामा ३७ हजार रुपैयाँ बढेको छ।

सुनको भाउ मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो। 

सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो। 

गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।  

आज चाँदीको भाउ अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। चाँदी आज पनि तोलाको ६ हजार ८७० रुपैयाँमै स्थिर रहेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad