कारोबार


जेनजी आन्दोलनमा क्षति पुगेका व्यवसायीले सरकारबाट ३ महिनामा लिए ५ करोडको राजस्व छुट

जेनजी आन्दोलनमा क्षति पुगेका व्यवसायीले सरकारबाट ३ महिनामा लिए ५ करोडको राजस्व छुट

जेनजी आन्दोलनमा क्षतिग्रस्त भाटभटेनीको भवन


नेपालखबर
माघ १३, २०८२ मंगलबार १६:३१, काठमाडौँ

भदौ २३ र २४ को जेनजी आन्दोलनले सातवटै स्टोर ध्वस्त भएको भाटभटेनी सुपरस्टोरले जलेका भवनहरुको पुनर्निर्माण सुरु गरेको छ। 

सोही आन्दोलनमा आगजनीबाट खरानी भएको सिप्रदी टे«ेडिङले पनि मंसिर १ गतेबाट पुनर्निर्माण सकेर सञ्चालनमा ल्याइसकेको छ। 

थापाथलीमै रहेका लक्ष्मी ग्रुपको हुन्डाईको शोरुम, सीजीको एक्सपेङ र आयन ईभीको शोरुम, टाटा मोटर्स, महिन्द्रालगायतका शोरुमहरु पनि क्षतिलगत्तै पुनर्निर्माण भएका छन्।

सरकारले जेनजी आन्दोलनमा क्षति पुगेर पुनर्निर्माण गर्नुपर्ने व्यवसायका लागि राजस्व छुटको व्यवस्था गरेको थियो। जसमा कात्तिक, मंसिर र पुसमा मात्रै २५ करोड बराबरको पुनर्निर्माणका सामग्रीहरु व्यवसायीले आयात गर्दा त्यसको ५० प्रतिशत अर्थात् ५ करोड राजस्व छुट पाएका हुन्।

ठूलो मात्रामा व्यवसायीको धनजन क्षति भएको भन्दै गत असोज ६ गतेको मन्त्रिपरिषदको भन्सार मूल्यमा ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरेको थियो। जसबाट पुनर्निर्माण थालेको व्यवसायीहरुले यो तीन महिनामा २५ करोडबराबरको पुनर्निर्माणका सामान गरेर ५ करोड बराबरको राजस्व छुट पाएका हुन्।

राजस्वमा छुट पाएसँगै व्यवसायीले पुनर्निर्माणका लागि यन्त्र उपकरण, निर्माणका सामग्रीहरु र फर्निचर बढी मात्रामा आयात गरेको भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले जानकारी दिए। 

उनले भने, ‘क्षति पुगेका व्यवसायीहरुले पुस मसान्तसम्म २५ करोडबराबरको यान्त्रिक उपकरण, फर्निचरलगायत अन्य निर्माणका सामग्रीहरु आयात गरेका छन् जसबाट ५ करोडबराबरको भन्सार छुट दिइएको छ।’ 

यो अवधिमा क्षति पुगेका व्यवसायीहरुले ११० प्रकारका सामान आयात गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad