बागमती


राष्ट्रिय सभा निर्वाचनः बागमतीमा सकियो मतदान, ९४ प्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा सकियो मतदान, ९४ प्रतिशत मत खस्यो

नेपालखबर
माघ ११, २०८२ आइतबार १५:२०, हेटौँडा

राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मतदान सकिएको छ।   

प्रदेश सभातर्फ ८९ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २२९ जनाले मतदान गरेका छन्। 

बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन्। प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए। 

राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, हाम्रो नेपाली पार्टीको २ र नेपाली कम्युनिस्ट पार्टीका एक सांसद सहभागी भएनन्। 

यस्तै, स्थानीय तहतर्फ २३४ मतदाता रहेकोमा २२९ जनाले मतदान गरेका हुन्। तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् भने एक नगरप्रमुख निलम्बनमा परेका छन्।

यी बाहेक स्थानीय तहतर्फ दिनेश अधिकारी (दुधौली नगरपालिका), रमेश नापित (शङ्खरापुर नगरपालिका), अप्सरा लम्साल (हेलम्बु गाउँपालिका), मुना अधिकारी (गोदावरी नगरपालिका) र सञ्जीव ओली (बिगु गाउँपालिका) मतदान गर्न उपस्थित नभएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। 

राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन्। जहाँ, एमालेका प्रेम दंगाल मैदानमा छन् भने महिला क्लस्टरबाट कांग्रेसकी गीता देवकोटा उम्मेदवार छिन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिला क्लस्टरमा सरोज कुमारी झा र नेपाल मजदुर किसान पाटी (नेमकिपा) का विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। केही बेरमा मतगणना सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad