मंसिरमा सुस्ताएको घरजग्गा कारोबार पुस महिनामा बढेको छ।
मंसिरमा १ लाख ५८ हजारवटा घरजग्गा खरिदबिक्रीबाट सरकारले ४ अर्ब ८४ करोडको राजस्व उठाएको थियो। जुन पुसमा उल्लेख्य बढ्न पुगेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा १ लाख ६२ हजारवटा घरजग्गा कारोबार भएको छ। यसबाट सरकारले ५ अर्ब १७ करोड बराबर राजस्व आर्जन गरेको छ।
सरकारले नयाँ दर्ताबाट २ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्दा पुँजीगत लाभकरबाट १ अर्ब ९८ करोड रुपैयाँ संकलन गरेको हो। मंसिरमा नयाँ दर्तामा २ अर्ब ६२ करोड र पुँजीगत लाभकरमा १ अर्ब ८३ करोड रुपैयाँ आएको थियो।
मंसिरको तुलनामा पुसमा घरजग्गा किनबेच तुलनात्मक रुपमा बढी हुँदा सरकारको राजस्वमा वृद्धि भएको विभागले जनाएको छ।
यस्तै पुस महिनामा करिब डेढ करोडभन्दा धेरै पटक घरजग्गा किनबेच हुँदा सबैभन्दा धेरै किनबेच भने काठमाडौँ भएको छ। देशैभर कुल ५१ हजार लिखत पारित हुँदा ५ हजार वटा नामसारी, ४० हजारवटा रोक्का र ३२ हजारवटा जग्गा फुकुवा भएका छन्। जुन सबैभन्दा धेरै काठमाडौँको कलंकी मालपोत कार्यालयबाट भएको विभांगको तथ्यांक छ।
विभागका अनुसार काठमाडौँको कलंकी कार्यालबाट मात्रै पुस महिनामा लिखतपारित, नामसारी, रोक्का र फुकुवा गरी करिब ८ हजार बढी कारोबार भएको छ।
पुस महिनामा सबैभन्दा धेरै जग्गा कित्ताकाट भने झापा, धनुषा, काठमाडौं, मोरङ, सुनसरी, सिराहालगायतका जिल्लाहरूमा भएका छन्।
Shares

प्रतिक्रिया