कारोबार


कर्णाली योजना आयोगका पूर्वउपाध्यक्ष शाहीले नेकपाबाट दैलेख २ मा गरे उम्मेदवारी दर्ता

कर्णाली योजना आयोगका पूर्वउपाध्यक्ष शाहीले नेकपाबाट दैलेख २ मा गरे उम्मेदवारी दर्ता

नेपालखबर
माघ ६, २०८२ मंगलबार १६:३६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं कर्णाली प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष योगेन्द्र शाहीले दैलेख २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

उनलाई पार्टीले टिकट दिएको थियो। आज दुल्लु पुगेर शाहीले उम्मेदवारी दर्ता गराएका हुन्।

उनले आफूलाई विश्वास गरेर टिकट दिएकामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र अन्यप्रति आभार व्यक्त गरे। उनले दैलेखी जनताका लागि काम गर्ने बताएका छन्। 

आजसम्म राज्यको पदमा रहँदा वा नरहँदा जनताको एक पैसा अपचलन नगरेको बताउँदै उनले आफ्नो क्षेत्रको विकास लागि अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

‘म हाम्रा पुर्खाले निर्माण गरेको कर्णालीको गौरवपुर्ण खस सभ्यता र यसको राजधानी दुल्लु क्षेत्र हुँदै कैलाश मानसरोवर पुग्ने रेशम मार्गको पुनरोदयका लागि अहोरात्र लागि पर्नेछु। कर्णालीको समृद्धिका लागि मैले रेशम मार्ग  विषय शुरुदेखि नै निरन्तर आवाज उठाउदै आएको छु’, उनले मनोनयन दर्तापछि भने, ‘दैलेख र नेपालको समृद्धिको ढोका खोल्ने दैलेखको पेट्रोलियम ग्याँस उत्खननका लागि  म दिलो ज्यान दिएर लागिपर्नेछु। विगतमा हाम्रो पार्टी नेतृत्व र मैले आफ्नो हैसियतबाट पनि यसका लागि महत्त्वपूर्ण योगदान गरेको छु।’

उनी नेकपाभित्र बौद्धिक छवि भएका नेता मानिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad