ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले नबिल बैंकसँग साझेदारी गरेको छ।
योसँगै नबिल बैंकको मोबाइल बैंकिङ एप एनब्यांकबाट ग्राहकहरुले यात्राको टिकट काट्न पाउने भएका हुन्।
समझदारी पत्रमा नबिल बैंकका डेपुटी सीईओ आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ एन्ड मार्केटिङ प्रमुख विमल राज पौडेलले हस्ताक्षर गरेका छन्।
समझदारीपछि नबिल बैंकका ग्राहकहरुले बस टिकट, आन्तरिक र बाह्य हवाइ टिकट तथा ट्रिप टर्बोले अफर गरेका यात्रा गतिविधिहरुमा एपबाट सिधै बुक गर्न पाउनेछन्।
प्रयोगकर्ताहरुले होममा गएर मार्केट प्लेस सेक्सनमा गएर एनब्यांक एपको मोर अप्सनमा गई ट्रिप टर्बोको सेवा लिन सक्नेछन्।
33
Shares

प्रतिक्रिया