वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपतर्फ नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
कर्जा प्रवाह खुम्चिएर तरलता थुप्रिएपछि निरन्तर ब्याज घटाइरहेका बैंकहरूले माघ महिनाका लागि अझ कम गरेका छन्।
माघका लागि ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा बाँकी ९ वटाले भने पुसकै दरलाई निरन्तरता दिने भएका छन्।
माघमा व्यक्तिगततर्फ निक्षेपकर्तालाई ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ब्याज दिनेछ भने सबैभन्दा कम स्टान्टर्डड चार्टड बैंकले दिनेछ।
कुन बैंकको ब्याज कति?
माघमा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले दिनेछ।
ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपकर्तालाई ५.५ प्रतिशत ब्याज दिदा नेपाल बैंकले ५.१ प्रतिशत दिनेछ।
यस्तै हिमालय बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंकले ५ प्रतिशत ब्याज कायम गर्दा सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक र नबिल ले ४.५५ प्रतिशत ब्याज दिने भएका छन्।
यस्तै लक्ष्मी सनराईज बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले ४.५ प्रतिशत ब्याज कायम गर्दा कुमारी बैंकले ४.४३ प्रतिशत र एभरेस्ट ,कृषि विकास, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंकले ४.४ प्रतिशत ब्याजदर कायम गरेका हुन्।
सबैभन्दा थोरै स्टान्डर्ड चाटर्ड बैंकले ४.३६ प्रतिशत ब्याजदर तोकेको छ।
समग्रमा पुसको तुलनामा माघमा बैंकहरूको औषत ब्याजदर ४.६८ प्रतिशत कायम भएको हो।
पुस महिनामा ४.८३ प्रतिशत थियो।
Shares

प्रतिक्रिया