साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार परिसूचक नेप्से १२.८३ अंकले घटेर २६२०.९२ अंकमा आइपुगेको छ। कारोबार शुरुहुँदाको पहिलो १० मिनेट बढेको बजार त्यसपछि भने निरन्रन्तर घटेको हो ।
यो दिन लगानीकर्ताले कारोबारलाई पनि अघिल्लो दिनको तुलनमा खुम्च्याएका छन् । बुधबार १० अंकले बढेको बजारमा लगानीकर्ताले ५ अर्ब माथिको कारोबार गरेकोमा विहिबार ४ अर्ब ६० करोडको कारोबार गरेका हुन् ।
घटेको बजारमा कारोबारमा आएका मध्ये ६३ कम्पनीको सेयरमूल्य बढ्दा वीन नेपाल लघुवित्तको सेयरको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको सर्किट लेबलमै मूल्य बढेको छ।
यस्तै घट्नो भने आज १८९ वटा कम्पनी छन् । जसमा ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्यमा नकारात्मक सर्किट लाग्दा बोटलर्स नेपाल ४.३४ प्रतिशतशले घटेर सर्वाधिक मूल्य घट्नेमाम दोस्रो नम्बरमा देखिएको छ।
यो दिन सर्बाधिक कारोबार भने एसवाई प्यानलको भएको छ। यो कम्पनीको २३ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको हो ।
Shares

प्रतिक्रिया