कारोबार


सरकारको सञ्चित कोष १ खर्ब ९ अर्बले ऋणात्मक

सरकारको सञ्चित कोष १ खर्ब ९ अर्बले ऋणात्मक

नेपालखबर
पुस १४, २०८२ सोमबार १८:२, काठमाडौँ

सरकारको सञ्चित कोष १ खर्ब ९ अर्ब रुपैयाँ ऋणात्मक रहेको पाइएको छ। 

महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को केन्द्रित लेखाको एकीकृत वित्तीय विवरणमा सरकारको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको देखिएको हो।

गत आर्थिक वर्षमा सरकारको संचित कोषमा नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ४ लाख रुपैयाँ धनात्मक रहेको छ।

साथै संघ, प्रदेश र स्थानयीय सरकारहरु र एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषहरुको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात १ खर्ब ८ अर्ब ९४ करोड ५८ लाख रुपैयाँले धनात्मक रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad