नबिल बैंकले नेपालको जलविद्युत् आयोजना त्रिशूली थ्रि बीको ठेक्का विवादसम्बन्धी मुद्दा चिनियाँ अदालतमा जितेको छ।
बैंकले चिनियाँ ठेकेदार कम्पनी सुइफा एएनएचईले छेन्दु चोङकिङ वित्तीय अदालतमा हालेको मुद्दा जित्दै काउन्टर ग्यारेन्टी बसेको साढे ७४ लाख अमेरिकी डलर भुक्तानी पाएको हो।
उक्त रकम नबिल बैंकलाई सो कम्पनीको तर्फबाट चिनियाँ बैंक चाइना एभरब्राइटले तिर्नुपर्ने थियो। तर नतिरेपछि नबिल बैंकले अदालतमा मुद्दा लडेर फिर्ता पाएको हो।
काउन्टर ग्यारेन्टीको नेपाली अर्ब बढी रकम फिर्ता पाएको नबिल बैंकका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
आयोजनाको ठेक्का तोडिएपछि नबिलको काउन्टर ग्यारेन्टी रकम फिर्ता पाउन अन्योल बढेको थियो। ग्यारेन्टीबापत बैंकबाट रकम लगेको कम्पनीले चिनियाँ बैंकलाई रकम दिन मानेको थिएन। उसले रकम दिन नमानेपछि बैंकले पनि दिन नमान्दा विवाद भएको थियो।
अदालतले नबिलको पक्षमा आदेश गरेपछि सो रकम फिर्ता पाएको हो। सम्झौताअनुसार २०७७ फागुनमै आयोजना बन्नुपर्नेमा नबनेपछि आयोजनाले २०८० मा ठेक्का तोडिदिएको थियो भने नबिलसँग दाबी भुक्तानी लिएको थियो।
Shares

प्रतिक्रिया