स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नेतृत्वको लागि बलराम खतिवडाको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ। इप्पानको २४औँ साधारण सभा जेठ २९ गतेको लागि तोकिएको छ।
इप्पानमा अहिले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानसहितको विधान छ। तर, विधानको उक्त व्यवस्था संशोधनको विषयमा भने इप्पानभित्र विवाद छ। यद्यपि आगामी साधारणसभा भने अहिलेकै विधानअनुसार हुने हुँदा बलराम खतिवडाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षसहितको प्यानल घोषणा भएको हो।
यसअघि उत्तम भ्लोन लामा वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको प्यानल घोषणा भइसकेको छ।
बुधबार घोषणा भएको प्यानलमा वर्तमान कार्य समितिको महासचिव बलराम खतिवडा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन्। उनी एबीपी, एटलास र बराह मल्टिपावर लिमिटेड कम्पनीको प्रवर्द्धक हुन्।
त्यसै गरी वर्तमान कार्यसमितिको उपाध्यक्ष भरतबहादुर खत्रीलाई पुन: उपाध्यक्षकै उम्मेदवार बनाइएको छ। वर्तमान कार्यसमितिको सचिव भरतप्रसाद नेपाल, कुमार खरेल र दीपक पौडेललाई क्रमश: दोस्रो, तेस्रो र चौथो उपाध्यक्षको उम्मेदवार बनाइएको छ। महिला उपाध्यक्षमा अपि ग्रुपकी सिर्जना खड्कालाई समेटिएको छ।
इप्पानको महासचिवमा भने वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। उनी इस्टर्न इनर्जी प्रालि, फ्रेस वाटर इनर्जी पब्लिक लिमिटेड, फेदीखोला, स्नोफल, सुपल पालुङ, प्रकाशन सोलुसन प्रालि र वन्डर्स इनर्जी प्रालि लगायतका कम्पनी अघि बढाइरहेका छन्।
खतिवडा नेतृत्वको प्यानलमा पाँच जना सचिवको उम्मेदवारमा क्रमश: कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।
कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार बनेका छन्। उनी वर्तमान कार्य समितिको सदस्य हुन्।
यो प्यानलको सदस्यहरूमा सोमनाथ कँडेल, डा. भुषण गुरागाइ, सन्तोषराज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैर, इन्दिरा पन्त र प्रदीप ओली उम्मेदवार बनेका छन्।
यो पनि
इप्पानको नेतृत्व लिन उत्तम भ्लोनले घोषणा गरे नयाँ टिम, ‘भिजन २०२९’ सार्वजनिक
Shares

प्रतिक्रिया