कारोबार


छाङरुमा सञ्चालनमा आयो सौर्य मिनिग्रिड

छाङरुमा सञ्चालनमा आयो सौर्य मिनिग्रिड

फाइल तस्बिर


रासस
पुस ६, २०८२ आइतबार १६:९, खलङ्गा (दार्चुला)

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन्।

मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए। 

उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि  स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन्। चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९ः००–१०ः०० बजेदेखि राति २ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए।

मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारणलाइन निर्माण गरिएको छ। सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत कार्यालयमा पनि सोही ग्रेडबाट विद्युत् आपूर्ति भइरहेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको चार करोड १३ लाख ३३ हजार १०२ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ।

यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत् सेवा पुर्‍याउने प्रयास भए पनि हिमपात, बाढीपहिरोका कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुनसकेको थिएन। घरघरमा उज्यालो भएपछि यहाँका स्थानीय खुसी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad