कारोबार


हिजो घटेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

हिजो घटेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

नेपालखबर
पुस ६, २०८२ आइतबार ५:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। यी सबै मुद्राको विनिमयदर शनिबार घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

तीन दिनअघिसम्म निरन्तर बढेर उच्च भएको अमेरिकी डलरको विनियमदरमा बिहीबारदेखि शनिबार निरन्तर घटेको थियो। 

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा छ।  

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा छ। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा छ। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ छ। 

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad