कारोबार


विश्वकै शीर्ष धनी १० परिवार, कुनसँग कति सम्पत्ति?

विश्वकै शीर्ष धनी १० परिवार, कुनसँग कति सम्पत्ति?

नेपालखबर
पुस ६, २०८२ आइतबार ७:४८, काठमाडौँ

अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले सन् २०२५ को लागि विश्वका सबैभन्दा धनी परिवारको सूची सार्वजनिक गरेको छ।

यो वर्ष पनि वालमार्ट सुपरमार्केट चेनका मालिक वाल्टन परिवार यो सूचीको पहिलो स्थानमा कायम छ।

पछिल्लो वर्ष यो परिवारको कुल सम्पत्ति ४ खर्ब ३२ अर्ब अमेरिकी डलर थियो। यो वर्ष ८१ अर्ब डलरले बढेको देखिएको छ। 

त्यसैगरी साउदी अरबकै शाही परिवार अल सउदको सम्पत्तिमा पनि धेरै बढोत्तरी देखिएको छ। ब्लुमबर्गको सूचीमा यो परिवार तेस्रो नम्बरमा छ। जब कि पछिल्लो वर्ष यो परिवार छैठौँ स्थानमा थियो। 

ब्लुमबर्गका अनुसार विश्वका पाँच सबैभन्दा बढी धनी परिवारमध्ये तीनवटाको अरबसँग जोडिएको छ । यो सूचीमा भारतको अम्बानी परिवार पनि आठौँ नम्बरमा छ। 

१० धनी परिवार, कुनसँग कति सम्पत्ति? 
वाल्टन परिवार 

यो परिवार पहिलो नम्बरमा छ। यसको कुल सम्पत्ति ५ खर्ब १३ अर्ब डलर छ। यो अमेरिकी परिवार हो। 

वाल्टन परिवार वालमार्टको लगभग ४४ प्रतिशत स्टोरहरुको मालिक रहेको छ। धेरै सम्पत्ति आर्जनको मुख्य कारण यही स्टोर रहेको छ। 

विश्वमा वालमार्टको १० हजार ७ सय ५० स्टोरहरु रहेका छन्। यी स्टोरले हरेक हप्ता २७ करोड हाराहारीमा ग्राहकलाई सेवा दिइरहेका छन्।

वालमार्टका संस्थापक सेम वाल्टनले बुद्धिमानीपूर्वक सन्तानलाई सम्पत्ति बाँडिदिएका थिए। यसले वालमार्टको कारोबार परिवारमा बलियो रुपमा रहन सफल भएको छ।

उनीहरुले आफ्नो सम्पत्तिको देखभाल राम्ररी गरेका छन्। जसले सम्पत्तिमा कमी आएको छैन। 

नाह्यान परिवार 
तेल र उद्योगको व्यवसाय गर्ने नाह्यान परिवारसँग ३ खर्ब ३५ अर्ब अमेरिकी डलर सम्पत्ति छ। यो परिवार यूएईको हो।

यूएईको शासक परिवार अल नाह्यानको सम्पत्तिको मुख्य स्रोत तेलको कारोबार भएको ब्लुमबर्गको भनाइ छ।

आबुधाबीका शासक शेख मोहम्मद बिन जायद अल नाह्यान यूएईका राष्ट्रपति समेत हुन्। 

अल सऊद
यो पनि तेल र उद्योगको कारोबार गर्ने परिवार हो। साउदी अरबको यो परिवारसँग २ खर्ब १३ अर्ब डलर सम्पत्ति छ।

पछिल्लो वर्षको तुलनामा अल सऊद परिवारको सम्पत्तिमा उल्लेखनीय रुपमा सम्पत्ति बढेको देखिएको छ। ब्लुमबर्गको पछिल्लो वर्षको सूचीमा यो परिवारसँग १ खर्ब ४० अर्ब डलर सम्पत्ति रहेको थियो। यस वर्ष ७३ अर्ब डलरले बढेको देखिएको छ।

ब्लुमबर्गको यो अनुमान पछिल्लो ५० वर्षमा शाही सम्पत्तिबाट परिवारका सदस्यलाई दिएको भुक्तानीमा आधारित छ। शाही परिवारको एक अर्ब बढी सम्पत्ति राजकुमार मोहम्मद बिन सलमान एक्लैसँग रहेको छ। 

अल थानी परिवार 
तेल र उद्योगकै व्यावसायिक कारोबार गर्ने यो अल थानी परिवारसँग पनि १ खर्ब ९९ अर्ब डलर सम्पत्ति छ। यो परिवार भने कतारको हो।

कतारका शासक अल थानी परिवारलाई तेल र ग्यासको कारोबारले धनाढ्य बनाएको छ। यो परिवारका अधिकांश सदस्य सरकारमा महत्त्वपूर्ण पदमा आसीन छन् भने विभिन्न उद्योग चलाइरहेका छन्। 

यो निकै ठूलो परिवार हो भने देशकै सत्ता परिवारभित्रकै केही सदस्यसँग छ। यसै वर्ष कतारले ट्रम्प प्रशासनलाई एक विलासी जहाज अस्थायी रुपमा एयर फोर्स वानको रुपमा प्रयोगका लागि उपहार दिएको थियो। 

एर्मेज परिवार 
एर्मेजका मालिक एर्मेज परिवारको १ खर्ब ८४ अर्ब डलर सम्पत्ति छ। फ्रान्सको यो परिवारको स्वामित्व रहेको कम्पनी विश्वकै ठूलामध्येको फेसन कम्पनी हो।

यसका मालिक यो परिवारको छैठौँ पुस्ताका एक सदस्यले यसको कारोबार सम्हालिरहेका छन्। यसका सीईओ एक्सेल डुमस छन्। 

कोच परिवार 
यो परिवार छैठौँ नम्बरमा परेको छ। यसको कोच इन्डस्ट्रिज छ। अमेरिकाको यो परिवारसँग १ खर्ब ५० अर्ब अमेरिकी डलर छ।

यस कम्पनीका चार भाइहरु फ्रेडरिक, चार्ल्स, डेभिड र विलियम कोचलाई पिता फ्रेड कोचबाट विरासत मिलेको हो।

तर आपसी मतभेदको कारण अहिले चार्लस र डेभिडले कारोबार सम्हालिरहेका छन्। अब यो परिवारको धेरै कारोबार विस्तार भएको छ। तेल, ऊर्जा, केमिकल, खनिज, फाइनान्स, व्यापार र पुँजी लगानीसँग सम्बन्धित कम्पनीहरु रहेका छन्। 

मार्स परिवार 
यो परिवार मार्स इनकर्पोरेटेड कम्पनीको मालिक रहेको छ। १ खर्ब ४३ अर्ब डलर कुल सम्पत्ति रहेको यो परिवार पनि अमेरिकाको हो। यो कम्पनी  चकलेटका कारण विश्वप्रसिद्ध भएको छ।

एमएन्डएम, मिल्की वे र स्निकर्सजस्ता लोकप्रिय चकलेटले यो परिवारलाई व्यवसायमा सफल बनाएको हो। यद्यपि कम्पनीको आधाजस्तो मुनाफा भने पाल्तु जनावरका प्रोडक्टबाटै आउँछ। 

अम्बानी परिवार 
रिलायन्स इन्डस्ट्रिज कम्पनीको मालिक यो परिवारसँग १ खर्ब ५ अर्ब डलर छ। भारतीय यस परिवारका चर्चित सदस्य एसियाकै धनाढ्य मुकेश अम्बानी रहेका छन्। जो तेल प्रशोधनमा दुनियाँकै अब्बलमध्ये पर्छन्।

गत वर्ष मात्रै यो परिवारले मुकेशका छोरा अनन्त अम्बानीको विलासी विवाह सम्पन्न गरेको थियो। विवाहमा फेसबुकका मालिक मार्क जकरबर्गदेखि अमेरिकी राष्ट्रपति पुत्री इभान्का ट्रम्पसम्मको उपस्थिति थियो भने बिल गेट्सजस्ता धनाढ्य पनि आएका थिए। 

वर्थाइमर परिवार
फ्रान्सको यो परिवार शेनेल नामक कम्पनीको मालिक रहेको छ। यो परिवारसँग ८५ अर्ब डलर सम्पत्ति छ। एलन र जेरार्ड वर्थाइमरको सम्पत्तिको रहस्य कोको शेनेल फेसन कम्पनी हो।

यसको स्थापना उनका दाजुले सन् १९२० को दशकमा पेरिसमा स्थापना गरेका थिए। 

फेसन हाउसका अतिरिक्त यो परिवारसाग सबैभन्दा महंगो घोडादौड पनि रहेको छ। यो परिवारको सम्पत्ति गत वर्षको तुलनामा भने ३ अर्ब डलर कमी आएको छ। ब्लुमबर्गका अनुसार पछिल्लो वर्ष यो परिवारसँग ८८ अर्ब डलर रहेको थियो। 

थम्सन परिवार 
दशौँ नम्बरमा आउने यो धनाढ्य परिवार थम्सन रोयटर्सको मालिक रहेको छ। क्यानाडाको यो परिवारसाग ८२ अर्ब डलर छ।

उक्त कम्पनीमा कुलमध्ये यो परिवारको ७० प्रतिशत सेयर स्वामित्व छ। सन् १९३० को दशकमा रोय थम्सनले ओन्टारियोमा पहिलो रेडियो स्टेसन खोलेका थिए। बीबीसी हिन्दीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad