हिजो बढेको सुनको मूल्य आज फेरि घटेको छ।
सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ घटेर दुई लाख ५८ हजार चारसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार तोलामा सातसय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ६० हजार चारसय रुपैयाँ पुगेको थियो।
गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज चाँदीको मूल्य पनि घटेको छ।
प्रतितोला ७५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हिजो चाँदीको भाउ तोलाको चार हजार ८० रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।
633
Shares

प्रतिक्रिया