रिलायन्स स्पीनिङ मिल्सको आईपीओ निष्काशन सम्बन्धमा भएको अनियमितता छानबिन गर्न नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति बनाएको छ।
सेबोनको शुक्रबार बसेको बोर्ड बैठकले बोर्ड सदस्य बिनोदकुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरु आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहने र समितिले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी एक समिति गठन गरिएको हो।
रिलायन्सको आईपीओ निष्काशनमा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेपछि छानिबन गर्न मन्त्रालयले सेबोनलाई निर्देशन दिएको थियो।
अर्थ मन्त्रालयको निर्देशनबमोजिम सेबोनले छानबिन समिति गठन गरेको हो।
रिलायन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई आईपीओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ।
रिलायन्सको आईपीओ प्रतिकित्ता ८२०.८० रुपैयाँमा बिक्री गरिएको छ।
Shares

प्रतिक्रिया