कारोबार


अब भारू २ सय र ५ सयका नोट नेपालमा पनि चल्ने, २५ हजारसम्म लान–ल्याउन पाइने

अब भारू २ सय र ५ सयका नोट नेपालमा पनि चल्ने, २५ हजारसम्म लान–ल्याउन पाइने

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १८:१४, काठमाडौँ

नेपाल सरकारले लामो समयदेखिको अन्योल चिर्दै भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरू नेपालमा चलाउन निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बरदेखि भारतमा निष्कासन गरिएका यी दरका नोटहरूलाई नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको हो।

अब दुवै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म २०० र ५०० दरका नोटहरू नेपाल ल्याउन तथा भारत लैजान पाउनेछन्। यो निर्णयले नेपाल र भारतबीचको आर्थिक गतिविधि, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सहज बनाउन सक्छ।

सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु नोटहरूमाथि प्रतिबन्ध लगाएपछि भारु १०० बाहेकका नोटहरूलाइ लिएर नेपालमा ठूलो समस्या उत्पन्न भएको थियो। विशेषगरी सीमा क्षेत्रका बासिन्दा, व्यापारी तथा भारतमा काम गर्ने नेपालीहरूलाई कारोबारमा असहज भएको थियो। नेपाल राष्ट्र बैंकले लामो समयदेखि यी नोटहरू खुला गर्न पहल गरिरहेको थियो।

नेपाल र भारतबीचको खुला सिमानाका कारण नेपाली बजारमा भारतीय नोटहरूको ठूलो मात्रामा कारोबार हुने गर्दछ। पहिला भारु १०० दरका नोट मात्र बोक्न अनुमति दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad