सुनको भाउ आज फेरि उच्च मूल्यको रेकर्ड कायम भएको छ। प्रतितोला २२ सय रुपैयाँ बढेर सुनको मूल्य दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार रुपैयाँ पुगेको थियो।
गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ५६ हजार ६ सय पुगेको थियाे।
आज चाँदीको मूल्य भने घटेको छ।
प्रतितोला ८० रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय २५ पुगेको छ। गएको शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार नौसय पाँच रुपैयाँ पुगेको थियो।
714
Shares

प्रतिक्रिया