समाज


काभ्रेमा पैदल हिँडिरहेका वृद्धलाई बसले ठक्कर दिँदा मृत्यु, ‍स्थानीयले बन्द गरे राजमार्ग

काभ्रेमा पैदल हिँडिरहेका वृद्धलाई बसले ठक्कर दिँदा मृत्यु, ‍स्थानीयले बन्द गरे राजमार्ग

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ११:५४, काठमाडौँ

काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले ठक्कर दिँदा ६८ वर्षीय वृद्धको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो। 

घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि अहिले बीपी राजमार्गको काभ्रेभञ्ज्याङ(भकुण्डेबेसी खण्डमा गाडी चलेका छैनन्। 

डाइभर्सन गरेर गाडी सञ्चालनको तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधन अहिले  धुलिखेलमै रोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad