सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कम्पनीका सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको छ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत नगदै लाभांश प्रदान गर्ने प्रस्तावमा निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँ छ। यसको २५ प्रतिशत अर्थात् ७० करोड १६ लाख ३७ हजार ४ सय ७५ रुपैयाँ (नगद लाभांशमा लाग्ने कर समेत) नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
39
Shares

प्रतिक्रिया